Top Headlines:

रुनीको उत्कृष्ट प्रदर्शन, इभर्टन को विजय सुरुवात

युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता अन्तर्गत युरोपा लिगको छनोट खेलमा इङ्लिस क्लब एभर्टन विजयी भएको छ ।

गएराति आफ्नै मैदान भएको पहिलो लेग खेलमा एभर्टनले स्लोभाकियाको रुजोम्बेरोकलाई १–० ले पराजित गर्दै विजयी भएको हो ।

एभर्टनलाई विजयी गराउन लेईटन बेन्सले निर्णायक गोल गरे । दोस्रो लेगको खेल, स्लोभाकियन क्लबको मैदानमा हुनेछ ।