Top Headlines:

सरकार र डा. केसीबीच वार्ता आज, माग पुरा हुने सम्भावना

काठमाडौं, १३ साउन – त्रिवि शिक्षण अस्पताल हातामा अनशनरत डा. गोविन्द केसीसँग सरकारी वार्ता समितिले आज वार्ता गर्ने भएको छ । ११ औं अनशनको चौथो दिन मन्त्रिपरिषद बैठकले केसीका माग सम्बोधन गठन गरेको वर्ता समितिले आज केसीसँग वार्ता गर्ने भएको हो ।

सकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिमा प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली र स्वास्थ्यसचिव किरण रेग्मी सदस्य रहनु भएको छ । सरकारी वार्ता समितिले यसअघि हिजो साझ केसीलाई भेटेको थियो, भेटमा दुई पक्षबीच आज पहिलो वार्ता गर्ने सहमति भएको छ ।

समितिका सदस्य र डा. केसीबीच अनशनस्थल त्रिवि शिक्षण अस्पतालमा आधा घन्टा छलफल भएको थियो । भेटबाट पहिलो औपचारिक वार्ता आज बिहान ११ बजे गर्ने सहमति भएको समितिका सदस्य एवं प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पदाधिकारी, चिकित्सा शिक्षा अध्ययन शुल्क, मेडिकल कलेजको सम्बन्धन, आईओएमको स्वायत्ततालगायत विषयमा केन्द्रित केसीका मागमा शिक्षण अस्पताल सुधारका सातबुँदे माग समेटिएका छन् ।