Top Headlines:

सन्दीपको नयाँ किर्तिमान , अविनाश कर्णको ४ वर्ष अगाडिको कीर्तिमान बराबरी

नेपाली युवा कप्तान सन्दीप लामिछाने युथ–१९ विश्व कप छनोटको एउटै प्रतियोगितामा सर्वाधिक विकेट लिएका अविनाश कर्णको कीर्तिमानलाई बराबरी गर्न सफल भएका छन्।

अविनाशले २०१३ युवा विश्व कप छनोटमा २४ विकेट लिएका थिए। लामिछानेले पनि सिङ्गापुरमा जारी छनोटअन्तर्गत ६ खेलमा २४ विकेट लिन सफल भएका छन्। उनले अफगानिस्तानका डार्विस रसुलीलाई गोल्डेन डक गरेपछि कर्णको कीर्तिमानलाई बराबरी गर्न सफल भएका हुन्।

सन्दीपले यो प्रतियोगितामा ३ पल्ट पाँच विकेट लिएका छन्। उनले सोमबार मलेसियाविरुद्ध एकै इनिङमा ७ विकेट लिएका थिए।