Top Headlines:

एएफसी छनोटः नेपालले आज उज्बेकिस्तानको सामना गर्दै

 साउन २ – २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपअन्तर्गत छनोट चरणको दोस्रो खेलमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ । समुह ‘डी’ को पहिलो खेलमा आयोजक युसएईसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल र उज्वेकिस्तानबिचको खेल युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयानुसार आज राती ८ बजेर १० मिनेटबाट सुरु हुनेछ । पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको उज्बेकिस्तान विरुद्धको खेल नेपालको लागि सहज हुनेछैन ।

समुहको अंक तालिकामा पुछारमा रहेको नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठूलो अन्तरको जित दर्ता गर्नुपर्नेछ । प्रतियोगिताको नियमावली अनुसार प्रत्येक समूहका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन् ।