Top Headlines:

राणाकालीन दरबारप्रति बेवास्ता

राणाकालिन दरबार भत्काएर नयाँ भवन बनाउन आजकल एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई वर्षातबाट जोगाउन बल्ल प्लास्टिकले छोपेर जोगाएको छ।

तर अन्य दरबारको विषयमा कुनै चासो देखाएको छैन। पुरातात्विक महत्वका झन्डै तीन दर्जन दरबार जोगाउने विषयमा सरकार उदासिन देखिएको छ ।