Top Headlines:

नारायणगढ–मुग्लिन सडकखण्ड, २९ ठाउँमा पहिरोको जोखिम

प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैनु, नारायणगढ(काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भन्नुभयो । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उहाँले यसरी आक्रोश पोख्नुभएको होे । नारायणगढ(मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उहाँले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गर्नुभयो ।
ुबाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छु, उहाँले भन्नुभयो ुज्यानको माया मारेर हिँड्नुपरेको छ ।ु खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उहाँको भनाइ छ । यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन । पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उहाँले सुनाउनुभयो ।
२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो । त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो । त्यसपछि पनि दुईपटक म्याद थपिएको छ ।
त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो । सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ । अहिलेसम्म काम ५१।४ प्रतिशत मात्र सम्पन्न भएको छ । वर्षात्को समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन् । कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताउनुभयो ।