Top Headlines:

आज साउने संक्रान्तिः लुतो फाल्ने पर्वका रुपमा मनाइदै

आज साउने संक्रान्ति अर्थात आज साउन १ गतेलाई कर्कट संक्रान्तिका रुपमा मनाइँदैछ । सूर्य मिथुन राशाीवाट कर्कट राशाीमा प्रवेश गर्ने आजको दिनलाई लुतो फाल्ने पर्वका रुपमा मनाइन्छ ।

सूर्यले आजकै दिनदेखि दक्षिणको यात्रा गर्ने भएकोले दक्षिणायान पनि आजवाटै सुरुहुने मान्यता रहेको छ । पानीसरो, देवीसरो, कुकुरडाइनो, कुरिलो, भलायो जस्ता आयुर्वे्दिक वन औषधिलाई यस दिन नाङ्लामा अर्चना गरेर सल्लाको अगुल्टो वालेर वातावरण धुँवादार बनाई लुतो रोग हटाउने चलन रहेको विश्व ज्योतिष महासङ्घका नेपालका अध्यक्ष डा. लोकराज पौडेलले जानकारी दिनुभयो ।

सल्लाको कप्टेराको राँके फाल्दा लुतोको जीवाणु मर्छ भन्ने परम्परागत जनविश्वास रहेको छ । कृषिप्रधान मुलूकमा मानो खाइ मुरी उव्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतिपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरीवार र आफन्तका साथ मिठो परीकार खाने चलन रहेको छ ।

हिलोमैलोकै कारण चर्मरोगहरुको निवारण हुने विश्वासले यस दिन लुतो फाल्ने चलन रहि आएको छ ।