Top Headlines:

सर्वेन्द्र खनाल पहिलो र रमेश खरेल सहित १५ जना डी आइ जी बढुवामा सिफारिस

गृह मन्त्रालयले १५ जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको छ। प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल एक नम्बरमा रहेका छन् भने रमेश खरेल दोस्रो नम्बरमा छन्।

५ महिना ढिलो गरी एसएसपीको बढुवा सिफारिस भएको हो । पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवन खरेल डिआइजी बढुवा सिफारिसमा परेका छन् ।

त्यस्तै छबिलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रन्जित र सुरेश विक्रम शाह बढुवामा परेका छन् ।

दिनेश अमात्य, केदार रिजाल, दानसिंह बोहरा, शेरबहादुर बस्नेत छुटेका छन् ।