Top Headlines:

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा प्रगतिशीलका गुरुङ विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा प्रगतिशील संयुक्त व्यावसायिक प्यानलका रोहन गुरुङ विजयी भएका छन्। वर्तमान अध्यक्ष लोकतान्त्रिक संयुक्त व्यावसायिक प्यानलका विमल ढकाललाई हराउँदै गुरुङ अध्यक्ष निर्वाचित भएका हुन्। गुरुङले ढकाललाई ९३ मत अन्तरले हराए। गुरुङले ४ सय ३४ मत ल्याए भने ढकालले ३ सय ४१ मत पाए। यसअघि ढकाल संघको अध्यक्ष हुँदा गुरुङ महासचिव थिए। कार्यसमितिमा पनि गुरुङ प्यानलकै वर्चस्व भएको छ। प्रथम उपाध्यक्ष गुरुङ प्यानलबाट रामप्रसाद  भान्तना विजयी भएका छन्। द्वितीय उपाध्याध्यमा ढकाल प्यानलका भुवन गुरुङ विजयी भएका छन् भने तृतीय उपाध्यक्षमा गुरुङ प्यानलकै शुक्र पाख्रिन विजयी भएका छन्। यस्तै महासचिवमा गुरुङ प्यानलका नरेश गेलाल, सचिवमा ईश्वर जिसी विजयी भए। कोषाध्यक्षमा भने ढकाल प्यानलकी राधिका कटुवाल निर्वाचित भइन्। काठमाडौंमा भएको संघको २५ औं वार्षिक साधारण सभाअन्तर्गत भएको निर्वाचनमा  गुरुङनेतृत्वको प्रगतिशील संयुक्त व्यावसायिक प्यानल र ढकालनेतृत्वको लोकतान्त्रिक संयुक्त व्यावसायिक प्यानलका ३४ जनाले उम्मेदवारी दिएका थिए। मतदानबाट सात पदाधिकारीसहित १७ जना चुनिएका हुन्। अन्य चार सदस्य भने निर्वाचित कार्यसमितिले चयन गर्नेछ।