Top Headlines:

१९ औँ सार्क सम्मेलन इस्लामावादमा हुने : पाकिस्तान

असार ७, २०७४   १९ औँ सार्क शिखर सम्मेलन आफ्नै मुलुकमा हुने पाकिस्तानले बताएको छ । भारतका लागि पाकिस्तानी राजदुत अब्दुल वसितले मिति तय भइनसकेपनि १९ औँ सार्क सम्मेलनको आयोजना पाकिस्तानले नै गर्ने बताउनुभयो । भारतीय पत्रिका दि हिन्दुलाई दिएको एक अन्तवार्तामा राजदुत वसितले सार्क सम्मेलनको स्थान पाकिस्तानबाट अन्त सार्ने विषयमा कुनै पनि छलफल नभएको उल्लेख गर्नुभयो । यसअघि भारतले आगामी सार्क सम्मेलनको स्थान पाकिस्तानबाट अन्य मुलुकमा सार्न प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो । राजदुत वसितले भने दक्षिण एसियाली मुलुकले सार्कको लागि निकै लगानी गरेका कारण यस प्रक्रियालाई रोक्न आवश्यक नभएको उल्लेख गर्नुभयो । सिमापार आतंकवादलाई बढावा दिएका कारण आतंकवादी गतिविधीको बीचमा पाकिस्तानमा सार्क सम्मेलन हुन नसक्ने तर्क भारतले राख्दै आएको छ । भारतले सार्क सम्मेलन सम्पन्न गर्न क्षेत्रीय वातावरण अनुकुल बनाउन आवश्यक रहेको बताउँदै आएको छ । पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने अडानमा पुनर्विचार गर्न पाकिस्तानले भारतलाई आग्रह गर्दै आएको छ । गत नोभेम्वर ९ र १० मा पाकिस्तानमा हुने तय भएको सार्कको १९ औँ सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।