Top Headlines:

फ्रान्समा चुनावः राष्ट्रपति म्याक्रोनको पार्टीलाई स्पष्ट बहुमत

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत ल्याएको छ । राष्ट्रपति म्याक्रोनकोले हिजो भएको संसदीय निर्वाचनमा ५ सय ७७ सिट रहेको नेसनल एसेम्बीमा ३ सय भन्दा बढी सिटमा जित निकालेको छ ।

एन मार्चेले मोडेमसँग गठबन्धन गरेर संसदीय चुनावमा भाग लिएको थियो । म्याक्रोनको पार्टीले स्पष्ट बहुमत ल्याएपनि पहिलो चरणको चुनावपछि आंकलन गरिए भन्दा कम सिटमा जित हाँसिल गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।  झण्डै १४ महिनाअघि स्थापना भएको पार्टी एन मार्चे संसदमा स्पष्ट बहुमतका सहित ठूलो पार्टी बनेको छ । बुहमतका लागि २ सय ८९ सिटमा जित्नुपर्नेमा एन मार्चेले ३ सय भन्दा बढी सिट जितेको हो ।

एक महिनाअघि राष्ट्रपतिमा म्याक्रोन ठूलो मतअन्तरले विजयी हुनुभएको थियो । फ्रान्सको सत्ताको बागडोर अब स्पष्ट रुपले ३९ वर्षका म्याक्रोनको हातमा आएको छ ।