Top Headlines:

च्याम्पियन्स ट्रफी उपाधीका लागि भारत र पाकिस्तान भिड्दै

इंग्ल्यान्डमा जारी आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज भारत र पाकिस्तान भिड्दैछन् । फाइनल खेल इङल्याण्डको ओभलमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा आयोजक इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा पुगेका हुन् । अहिलेसम्म च्याम्पियन्स ट्रफीको उपाधी चुम्न नपाएको पाकिस्तान र तेस्रो पटक उपाधी कव्जा गर्ने दाउँमा रहको भारतबीचको प्रतिस्पर्धा निकै रोमञ्चकहुने अपेक्षा गरिएको छ ।

एउटै समूहमा रहेका यी दुई बीचको समूह चरणमा भारतले पाकिस्तानलाई १ सय २४ रनले पराजित गरेको थियो । भारत विराट कोहलीको कप्तानीमा रहँदा पाकिस्तानको नेतृत्व सर्फराज अहमदले गर्नेछन् ।