Top Headlines:

लण्डन आगलागीः ६ जनाको मृत्यु, ७० घाईते

बेलायतको लण्डनस्थित एक २४ तले आवासीय भवनमा भिषण आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगलागी हुँदा अहिलेसम्म छ जनाको मृत्यु भएकोे र अस्पताल पुर्‍याइएका ७० जनामध्ये बीस जनाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ ।

१२० फल्याट रहेको ६८ मिटर अग्लो अपार्टमेन्टमा राति करिब एक बजेतिर लागेको आगलागीबाट कयौं हताहत भएको अनुमान गरिएको छ । लन्डन फायर कमिश्नर डेनी कोटोनले अकस्मात लागेको आगलागीले हताहती धेरै हुन सक्ने बताउंदै अहिले नै संख्या यकिन नभएको बताइन् ।

लण्डन फायर ब्रिगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ । अपार्टमेन्टको चौथो तलामा रहेको फ्रिजमा विद्युत सर्ट भई आगलागी भएको र केहीबेरमै आगो पूरै भवनमा फैलिएको प्रारम्भिक रिर्पोटमा जनाइएको छ ।

प्रत्यक्षदर्शीले सुरुमा भवनको सबैभन्दा माथिल्लो तलामा चम्किलो प्रकाश देखिएको र हेर्दाहेर्दै आगो फैलिएको जानकारी दिएका छन् । आगो नियन्त्रणका लागि ४० वटा अत्याधुनिक दमकल र अग्नि नियन्त्रण तथा उद्धार उपकरणले सुसज्जित तालिम प्राप्त फायर फाइटर परिचालन गरिएको छ ।