Top Headlines:

३२० करोडका मालिक हुन्, ब्रम्हानन्दम

काठमाडौं । फिल्मी दुनियाँमा यस्ता कलाकार पनि हुन्छन्, जो करिअरको सुरुआतमा छोटो रोलमा देखिन्छन् र हिट हुन्छन् । यीनै मध्यका एक हुन् कमेडियन ब्रम्हानन्दम । तेलुगु निर्देशक जन्धयालाले ब्रम्हानन्दमलाई ‘मोद्दाबाई’ नामको नाटकमा अभिनय गर्दै गरेको देखे । उनको अभिनयले जन्ध्याला प्रभावित भए र ‘चन्ताबाबाई’ नामको फिल्मा छोटो रोल दिए । त्यसपछि ब्रम्हानन्दमले पछि फर्केर हेर्नुपरेको छैन ।
आज ब्रम्हानन्दम करिब ३२० करोडका मालिक हुन् । उनीसँग १ हजार भन्दा बढी फिल्ममा काम गरेको विश्व कीर्तिमान समेत छ । उनी केही लग्जरी कार र कृषि फार्मका मालिक समेत हुन् । हैदराबाद नजिकै जुबली हिल्समा उनको एक भव्य बंगला समेत छ । ब्रम्हानन्दम एक फिल्ममा काम गरेको १ करोड रुपैंया लिन्छन् । ब्रम्हानन्दम आफ्नो माता–पिताका ८ सन्तान मध्य ७ औं सन्तान हुन् । उनी सानै देखि मानिसलाई हसाउन सफल भएकोमा भगवानलाई धन्यवाद समेत दिन्छन् । उनी सबै कलाकालरहरु आफुले झै कडा मिहिनेत गर्ने बताउँछन् ।
भगवानले आफूलाई दर्शकलाई हसाउनकै लागि धर्तीमा पठाएको उनी बताउँछन् । उनी आफ्नो नामको अर्थ ‘पुरै ब्रम्हाण्डको आनन्द’ भएको तर्क गर्छन् । तीन दशकदेखि उनी फिल्म इन्डस्ट्रीमा उत्तिकै व्यस्त छन् । ६१ बर्षिय ब्रम्हानन्दमको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा २००७ मा एकै भाषामा ७०० भन्दा बढी फिल्ममा खेलेको भन्दै दर्ता समेत छ । सिनेमामा ब्रम्हानन्दमाको योगदानको कदर गर्दै उनलाई सन् २००९ मा पद्मश्री सम्मानद्वारा सम्मानित गरिएको थियो ।