Top Headlines:

जनजीवन प्रभावित हुनथाले तराई क्षेत्रमा

स्थानिय तह निर्वाचनको विरोधमा उत्रिएको राजपाले आवहन गरेको बन्दका कारण मुलुकका विभिन्न स्थानको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । आफना माग पुरा नभएको भन्दै आन्दोलन घोषणा गरेको राजपाले हिजोदेखि तराई मधेस र पूर्वका पहाडी जिल्लामा बन्द आव्हान गरेको हो ।

बन्दका कारण तराईका जिल्लामा जनजीवन प्रभावित बनेको छ । तराइ क्षेत्रमा बजार पसल, शैक्षिक संस्था, लामो तथा छोटो दुरीका सवारीसाधन विहानैदेखि बन्द रहेका छन् । उता विरगञ्ज राजपाका कार्यकर्ताहरु आजपनि बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् ।

वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक, बाइपासको नगवा, बाराको कलैया, परवानीपुर, जितुर लगायतका स्थानमा बिहानैदेखि राजपाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, आन्दोलनका क्रममा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लगायतका माग राखेको छ ।