Top Headlines:

यमनविरुद्ध खेल्ने टिममा अनिल पनि, अनिललाइ चुनौती

मुम्बईमा भएको भारतसँगको मैत्री पूर्ण खेलमा नेपाली राष्ट्रिय टिममा नअटाएका अनिल गुरुङ भोलि यमन विरुद्ध खेल्ने टिममा समावेश भएका छन्।

एन्फाले सोमबार घोषणा गरेको २३ सदस्यीय टिममा भारत नगएका अनिलसहित अला न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी र सुनिल बललाई नयाँ सदस्य थपिएको छ। भारतविरुद्धको मैत्रीपूर्ण खेलमा २० जनाको नेपाली टिम मुम्बई गएको थियो।

२३ सदस्यीय टिममा बिकेश कुथु, किरणकुमार लिम्बू र अलान न्यौपाने गोलकिपर हुन्। विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, मानबहादुर तामाङ र दिनेश राजवंशी डिफेन्डर हुन्।

त्यस्तै सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन बिष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ र सुनिल बल मिडफिल्डर हुन्।

नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र विमल घर्तीमगर नेपाली टिमका स्ट्राइकर हुन्।

२०१९ मा हुने एएफपी एसिन कपको छनौटका लागि नेपाल र यमनबीच मंगलबार सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा खेल हुँदैछ।