Top Headlines:

मध्यरातमा आगलागी

जेष्ठ २९, २०७४- धादिङ सदरमुकामको पुछार बजारस्थित कस्मेटिक पसलमा आगलागी हुँदा उक्त घर पूर्ण रुपले क्षति भएको छ ।

शिवकुमार श्रेष्ठको उक्त पसलमा राति १ बजे आगलागी भएको थियो । आगलागी पश्चात् निलकण्ठ नगरपालिकाको दमकल, नेपाली सेना लगायत सबै निकाय र स्थानीयबासीहरुले २ घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त आगलागीले करिब ५० लाख नोक्सान भएको छ ।