Top Headlines:

चुनावमा नजाने भन्दै राजपाले गर्‍याे अामहड्तालकाे घोषणा

जेष्ठ २८, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो स्थानीय तहको निर्वाचनमा भाग निलने जनाउँदै आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार पार्टी संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले सो घोषणा गरेको हो ।सरकारसँग कुरा नमिलेपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनावविरोधी आन्दोलन घोषणा गरेको हो । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार सिंहदरबारमा भएको छलफल पनि बिनानिष्कर्ष सकिएपछि राजपा आन्दोलनमै जाने मनस्थितिमा पुगेको थियो । 
सत्तारुढले आन्दोलनमा नजान आग्रह गरे पनि मुद्दा सम्बोधन नगरी जबर्जस्ती आन्दोलनमा धकेल्न खोजिएको उनको भनाइ थियो ।  राजपालाई चुनावमा सहभागी गराउन भन्दै सरकारले आजै राजनीतिक दल दर्तासम्बन्धी ऐन स‌ंशोधनका लागि संसद्‍मा लैजाने निर्णय गरेको छ ।  सत्तारुढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एक दुई दिनमै ऐन स‌ंशोधन गर्ने तयारी रहेको बताए ।

आन्दाेलनका कार्यक्रमहरु