Top Headlines:

भरतपुर मतगणना प्रकरण सुनुवाइ भएन

जेष्ठ २८, २०७४- सर्वोच्च अदालतमा विचाराधीन भरतपुर महानगरपालिकाको ‘मतगणना विवाद प्रकरण’ आइतबार हेर्न नभ्याइने भएको छ । 

न्यायाधीशद्वय विश्वम्भरप्रसार श्रेष्ठ र प्रकाशमान सिंह राउतको पेशीमा इजलाशमा गुञ्जमान विश्वकर्मा सहितले दायर गरेको रिट निवेदन पेशीसूचीमा रहेनपनि इजलाशले ‘हेर्न नभ्याइने’ जनाएको छ । 

यसअघि चोलेन्द्रशम्सेर राणाको एकल इजलासले भरतपुर प्रकरणमा निर्वाचन आयोगले दिएको आदेश यथास्थितिमा राख्न आदेश जारी गरेको थियो ।