Top Headlines:

सुरुङ खन्दा कमजोर चट्टान भेटियो, हटाउने उपकरण नै छैन !

सरकारले आगामी असोजसम्म काठमाडौं उपत्यकाबासीको घरघरमा मेलम्चीको खानेपानी पुर्‍याउने प्रतिबद्धता गर्दै आएको छ । तर, परियोजना निर्माण कार्यको गति हेर्दा यसपालीको दँशैमा पनि उपत्यकावासीले मेलमचीको पानी पाउने छँटकाँट छैन ।

मेलम्चीको पानीलाई काठमाडौंसम्म ल्याउनका लागि कुल साढे २७ किलोमिटरको सुरुङ खन्नुपर्ने हुन्छ । अहिले सम्म २४ किलोमिटर सुरुङ मात्र खनिसकिएको छ । बाकीं रहेको साढे तीन किलोमिटर सुरुङ खन्ने काम पनि सुस्त गतिले अघि बढेको छ ।

लक्ष्य अनुसार आगामी असोजसम्म मेलम्चीको खानेपानी काठमाडौंमा भित्राउनका लागि दैनिक २४ मिटरका दरले सुरुङ खन्नु पर्ने हुन्छ । तर अहिले दैनिक १८ मिटरको गतिले मात्र सुरङ खन्ने काम भइरहेको छ ।

मेलम्ची खानेपानी विकाश बोर्डका अनुसार पहिला एकै पटक ७ स्थानबाट सुरुङ खन्ने काम गरिन्थ्यो भने अहिले चार स्थानबाट मात्र खन्ने काम भइरहेको छ । चार स्थानमध्ये पनि एक स्थानमा कमजोर चट्टान्न भेटिएको र औजारको अभाव लगायतका समस्याका निर्माण कार्यले गति लिन नसकेको मेलम्ची खानेपानी आयोजनाको भनाई छ ।

सुरङ खन्ने कार्यमा ढिलाई भएपनि आयोजनाले काठमाडौ उपत्यकामा पाइप विच्छाउने काम लगभग सकेको छ । काठमाडौ उपत्यका भित्र अहिले ६ सय ७० किलोमिटर वितरण संंजालमध्ये ५सय ८२ किलोमिटरमा र थोक बितरण तर्फ ५१ किलोमिटर मध्ये ४८ किलामीटर पाईप बिछाउने काम सम्पन्न भएको निर्देशनालयले दाबी गरेको छ ।

सन १९८८मा विनी एन्ड पार्टनर्स कम्पनीले मेलम्ची नदीको पानी काठमाडौ उपत्यका ल्याउन सकिने प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेनलाई आधार बनाएर सन १९९० मा काँग्रस नेता कृष्ण प्रसाद भट्टराईले यसलाई नारा नै बनाए । त्यसपछिका सरकार र विभिन्न राजनीतिक दलले पनि मेलम्चीलाई राजनीतिक नारा बनाउदै आएका छन ।

पछिल्लो समय सरकारले निर्माण कार्यलाई गति दिदै २०७४ असोज सम्ममा मेलम्चीको पानी काठमाडौ ल्याउने प्रतिबद्धता व्यकत गर्दै आएका छन । तर, सुरुङ निर्माणको क्रममा देखिएको अवरोधले सरकारको प्रतिबद्धतालाई यसपटक पनि बोली मै सीमित गर्ने देखिएको छ ।