Top Headlines:

देउवा चौथो पटक प्रधानमन्त्री बन्दै

जेष्ठ २३, २०७४ कंग्रेस सभापति शेरवहादुर देउवा आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । संसदीय गतिरोध अन्त्य भएसंगै मुलुकको ४० औं प्रधानमन्त्रीका रुपमा देउवा चौथो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको हो । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउवाले दोस्रो पटक २०५८ सालमा पुन मुलुकको जिम्मेवारी सम्हाल्नुभएको थियो । तर २०५९ असोजमा  तत्कालिन राजा ज्ञानेन्द्र शाहले देउवालाई असक्षम भनि पदबाट बर्खास्त गर्नुभयो । २०६१ जेठमा शाहले पुन: प्रधानमन्त्रीमा नियुक्त गरेपछि मुलुकको बागडोर तेस्रो पटक देउवाको काँधमा पुगेको थियो । त्यसको १२ बर्षपछि चौथो पटक देउवा प्रधानमन्त्री बन्न लाग्नु्भएको हो । डढेलधुरामा जन्मनुभएका ७० बर्षिय देउवाले त्रिभुवन विश्वबिद्यालयबाट राजनीति शास्त्रमा स्नाकोत्तर तहको अध्ययन गर्नुभएको छ । देउवाले २०५९ सालमा पार्टी बिभाजन गरी कंग्रेस प्रजातान्त्रिक नामको छुट्टै दल गठन गर्नुभएको थियो । पछि २०६४ सालमा सो पार्टी कंग्रेसमा एकिकृत भएको थियो ।  उहाँले लामो समयदेखि डढेलधुराबाट व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्दै आउनुभएको छ । प्रधानमन्त्रीका रुपमा देउवालाई स्थानीय तहको दोस्रो चरणको निर्वाचन सहित संघ र प्रदेशको निर्वाचन गराएर संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ । प्रधानमन्त्री निर्वाचित भएसंगै उहाँले सानो आकारको मन्त्रीपरिषद बनाउनुहुने बताइएको छ । साझेदार दलसंग सहमति अनुसार पछि विस्तार गर्दै लगिने कंग्रेस नेताले बताएका छन् ।