Top Headlines:

नयाँ प्रधानमन्त्रीका लागि आज निर्वाचन हुँदै

नयाँ प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसदमा आज निर्वाचन हुँदैछ । प्रमुख प्रतिपक्षी एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि गत आईतबारका लागि तोकिएको प्रधानमन्त्री निर्वाचन आजका लागि सारिएको हो । प्रमुख ३ दलबीच हिजो सहमति भएसंगै ब्यवस्थापिका संसदबाट मलुकको ४० औं प्रधानमन्त्रीमा आज कंग्रेस सभापति शेरवहादुुर देउवा चयन हुनुहुनेछ । प्रधानमन्त्रीमा कंग्रेस सभापति शेरवहादुर देउवाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्वाचित हुने लगभग निश्चित छ ।
संसदको नियमावली अनुसार प्रधानमन्त्री पदका लागि १ जनाको मात्रै उम्मेदवारी परेपनि निर्विरोध घोषणा भने हुँदैन । दिउँसो १ बजे बस्ने संसदको बैठकमा शुरुमा प्रमुख ३ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि सभामुख ओनसरी घर्तीले सरकार गठन सम्बन्धी राष्ट्रपतिको पत्र र निर्वाचन कार्यक्रम बारे सदनलाई जानकारी गराउनुहुनेछ । प्रमुख दलका शीर्ष नेताको सम्बोधनपछि आजै बस्ने संसदको दोस्रो बैठकमा सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचन सम्बन्धी जानकारी गराएपछि देउवाको उम्मेदवारीको सूचना, प्रस्तावक, समर्थकले बोल्ने र प्रस्तावलाई निर्णयार्थ पेश गर्नुहुनेछ ।
चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागग्नुभएका सभापति देउवालाई संसदमा झण्डै २ तिहाई बहुमतको समर्थन जुटिसकेको छ । उहाँलाई माओवादी केन्द्र सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनतापार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम लगायत साना दलको समर्थन छ ।