Top Headlines:

गोमा एयरको विमान लुक्लामा दुर्घटना

जेष्ठ १३, २०७४- सामान बोकेर लुक्ला पुगेको गोमा एयर (समिट एयर) को कार्गो विमान तेन्जिङ हिलारी बिमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । नाईन एनएकेए कल साइन भएको विमान दुर्घटनामा परी घाइते एयर होस्टेस प्रज्ञा मानन्धरलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दुर्घटना भएको जानरकारी दिंदै हावाको चापको कारण दुर्घटना भएको हुनसक्ने बताए । उनले विमान धावनमार्ग बाहिर पुगेको जानकारी दिए । 

विमानमा रहेका क्याप्टेन पारसकुमार राई र कोपाइलट सृजन मानन्धरको खोजी भइरहेको ठाकुरले जानकारी दिए । 

विमान काठमाडौंबाट साढे १ बजे उडेको थियो । २ बजेर ४ मिनेटमा बिमान दुर्घटना भएको ठाकुरले जानकारी दिएका छन् ।