Top Headlines:

प्रधानमन्त्री द्वारा राजीनामा घोषणा

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको हो।

आफ्नो नेतृत्वको सरकारले छोटो समयमै जनताको मन जित्ने काम गरेको दाबी गर्नु भएको छ । राजीनामा अघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका कारण आफ्नो सरकार सीमामा भएको भन्दै राजीनामा दिनुभएको हो ।