Top Headlines:

पोखरा सभागृहमा भेटिएको बम सेनाद्धारा निश्क्रिय एक जना पक्राउ

पोखरा ३० बैशाख । पोखराको मुख्य चोक सभागृहमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले निश्क्रिय पारेको छ । शुक्रबार बिहान ९ बजे झोलामा तार निश्केको अवस्थामा शंकास्पद बस्तु देखेपछि स्थानियले प्रहरीलाई खवर गरेको थियो । बमलाई नेपाली सेनाको कालीभञ्ज्याङ गण (ई) को डिस्पोजल टोलीले निश्क्रिय पारेको हो ।

बम राखेको आशंकामा पृथ्वीचोक स्थित शरणार्थी क्याम्पमा बस्ने टांसी वाङदी लामालाई प्रहरीले पक्राउ गरेको छ । यस अघि हिलो सांझ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ स्थित ताल बाराही स्कुलमा सुतली बम विस्फोट गराइएको थियो । कही बम विस्फोट र कही शंकास्पद बस्तु फेला पर्न थालेपछि कास्कीको सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।