Top Headlines:

राष्ट्रपति भण्डारी भ्रमण

राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्ड र श्रीलङ्का गरी पाँचदिने औपचारिक भ्रमणका लागि आज बिहान थाइल्यान्डको बैङ्कक प्रस्थान गर्नुभएको छ । श्रीलङ्काकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी श्रीलङ्का प्रस्तान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी आज बिहान सवा १० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो ।
श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्र्नुका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ । राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कनुहुने छ ।