Top Headlines:

भारतीय अभिनेता बिनोद खन्नाको निधन

चर्चित भारतीय अभिनेता बिनोद खन्नाको आज निधन भएको छ । पछिल्लो समय ब्लड क्यान्सरका कारण थलिएका ७० बर्षीय खन्नाको मुम्बईको एच एन रिलायन्स फाउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९४६ मा तत्कालीन भारतको पेशावरमा जन्मिएका खन्ना बलिउडका सुपरस्टार अभिनेता हुन् । उनले १४० भन्दा बढी भारतीय चलचित्रका अभिनय गरेका छन् । सन् १९६८ मा ‘मन का मित’ चलचित्रमार्फत उनले बलिउडमा डेब्यु गरेका थिए ।