Top Headlines:

आमाप्रति आज सम्मान व्यक्त गरिँदै

आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको थानकोटमा रहेको मातातीर्थमा स्नान गरी ब्राह्मणलाई सिदादान गरेर दिवङ्गत आमाप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । त्यस्तै विभिन्न नदिजलासयमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।