Top Headlines:

डिआईजी नवराज सिलवाल प्रधान कार्यालयमा बयान दिदै

वैशाख ११, २०७४ नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालयमा उपस्थित गराइएको छ । आईजिपीले बोलाएको बैठकमा उपस्थित नभएको, कागजात किर्ते गरेको लगायतका आरोपबारे बयानमा बोलाउँदा नगएपछि नियन्त्रणमा लिएर प्रधान कार्यालय  उपस्थित गराइएको प्रहरी स्रोतले जनाएको छ । वरिष्ठ अधिवक्ता शम्भू थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला आज बिहान सिलवाललाई प्रहरीको छानविन समितिले नियन्त्रणमा लिएर वयानका लागी उपस्थित गराएको हो । छानविन समितिले अहिले बयान लिने कार्य गरिरहेको छ । अधिवक्ता थापासँग परामर्श लिइरहेको बेला डिआईजी विजय भट्ट नेतृत्वको टोलीले सिलवाललाइ नियन्त्रणमा लिएको थियो । सर्बोच्च अदालतमा परेको मुद्धामा कार्यसम्पादन मुल्यांकन सम्बन्धि फाइल किर्ते गरेको आरोप सिलवाललाई लगाइएको छ । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले सिलवाललाई बयानका लागि बोलाइएको उपस्थित गराइएको बताउनुभयो ।