Top Headlines:

मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुदा पाच जनाको मृत्यु

जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा पाच  जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना भन्दा बढी घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घटनाको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक हरिहर योगीले जानकारी दिनुभयो ।
२६ जना सवार बसमा अन्य सामान्य घाइते भएको बताइएको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल लगिदै छ । दुर्घटनास्थलमा डोजरको सहायताले बस र शव उठाउने काम भइरहेको उहाँको भनाइ छ । मुक्तिनाथ दर्शनको सिजन भएकाले यतिबेला आन्तरिक तथा बाह्य तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन् ।