Top Headlines:

संसद विघटन गरेर चुनाव गर्न तीन दललाई भट्टराईको चुनौती

याँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटन गरेर चुनाव गरेर देखाउन तीन ठूला दललाई चुनौती दिएका छन्। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ठूला दलले माघ ८ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको कामलाई अघि बढाउन नचाहेको जिकिर पनि गरे। भट्टराईले ठूला तीन दल सत्ताको भागबण्डामा मात्रै केन्द्रित भएको आरोप पनि लगाए। निर्वाचनमा लागि परेका आफूहरुलाई दलीय चुनाव चिह्न नदिएर तीन ठूला दलले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको भट्टराईको आरोप छ।