Top Headlines:

मगर विद्यार्थी संघ तनहुको अध्यक्षमा रितु आले मगर निर्वाचित

प्रेम रोका मगर

चैत्र २८ , तनहु“
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहु“को ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा रितु आलेमगर निर्वाचित भएकी छिन् आले मगरले ६३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन् यस अघि उनी सचिव थिइन् । अर्का अध्यक्षका प्रत्यासी विकास थापा मगरले १४ मत प्राप्त गरेका थिए यस अघि उनी कोषाध्यक्ष थिए । त्यस्तै उपाध्यक्षमा ६० मत प्राप्त गरी बसन सारु मगर निर्वाचित भएका छन् भने अर्का उपाध्यक्षका प्रत्यासी अनिता थापा मगरले १७ मत प्राप्त गरेकी थिइन् । त्यसै सह–सचिवमा बुद्ध थापा मगर ६४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने अर्का सह–सचिवका प्रत्यासी बृहष्पती थापा मगरले १३ मत प्राप्त गरेका थिए । कुल ७८ मत खसेको थियो जसमध्ये १ मत बदर भएको थियो । यता सचिव र कोषाध्यक्षमा भने क्रमशः बसन्ती थापा मगर र विष्णु अस्लामी मगर निर्विरोध चयन भएका थिए ।
३ सदस्यहरु पछि थप गर्ने गरी १९ सदस्यीय नया“ जिल्ला कार्यसमिति निर्माण भएको छ । जसमा सदस्यहरुमा क्रमशः तिलु थापा मगर (जलदेवी कलेज), शैलेन्द्र राना मगर (सत्यवती कलेज), दान बहादुर थापा मगर (बाराही कलेज), हेम बहादुर राना मगर (मीन मावि), कुशुम थापा मगर (राधा मावि), रुपेश राना मगर (दमौली कलेज), सपना थापा मगर (परासर कलेज), विक्रम राना मगर (आदिकवि भानुभक्त क्याम्पस), दिपा थापा मगर (आदिकवि भानुभक्त क्याम्पस), नरेन थापा मगर, सोम थापा मगर निर्विरोध चयन भएका छन् ।
यस अघि पानसमा बत्ती बाली कार्यक्रमको औपचारिक उद्घाटन गर्नुहु“दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष कमल थापा मगरले संगठनलाई बलियो बनाउनको लागि देशव्यापी प्रशिक्षण कार्यक्रम एक अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो । संख्यात्मक होइन अब मगर विद्यार्थीहरु गुणात्मक रुपले अघि बढ्नुपर्दछ थापा मगरले भन्नुभयो बैचारिक रुपमा हामी शसक्त भयौं भने कसैको अगाडि झुक्न नपर्ने समेत बताउनुभयो । थापाले भन्नुभयो राज्यको हरेक निकायमा समावेसिता, बहुभाषिक शिक्षा प्रणाली, मगरात स्वायत्त प्रदेश प्राप्तीको आन्दोलन सफल बनाउनमा मगर विद्यार्थीहरुको भूमिका गहन रहेको समेत बताउनुभयो यसको लागि थप संघर्ष गर्दै जाने कुरामा प्रष्ट पार्नुभएको थियो ।
त्यस्तै कार्यक्रम विभिन्न मगर संघ, संस्थामा आवद्ध व्यक्तित्वहरु, मगर विद्यार्थी संघ, मगर युवा संघ, मगर सांस्कृतिक संघमा आवद्ध व्यक्तित्वहरुले महत्वपूर्ण भनाईहरु सहित साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने उक्त अधिवेशनमा नेपाल मगर विद्यार्थी संघ, कास्की, गोरखा, चिटवनबाट समेत मगर विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कौह्रा, साजैजोलगायतमा नृत्य प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरिएको थियो भने कलाकारहरुलाई सम्मान पत्र, खादाले सम्मान समेत गरिएको थियो ।
संघका जिल्ला अध्यक्ष सुजन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रितु आले मगरले गरेकी थिइन् भने उपाध्यक्ष मिलन आले मगरले स्वागत गरेका थिए ।