Top Headlines:

टुबर्ग न्यू इयर इभ २०७४ हुँदै

विगतको प्रख्यात क्यासेट कम्पनी अन्नपुर्ण क्यासेट सेन्टरको पुनरागमन सँगै २०७४ को उपलक्ष्यमा टुबर्ग न्यू इयर इभ २०७४ हुन लागेको छ ।
यहि चैत ३१ गते हुने कार्यक्रममा भिम तुलाधर र जेम्स प्रधान विशेष प्रस्तुति हुने छ भने पवित्र कसाः, सरिता शाही, रुपेस डंगोल, दिपा महर्जन, राजेश महर्जन, सन्देश श्रेष्ठ, कुमार लामा योञ्जन, रत्न सोभा महर्जन, राम कृष्ण खड्गी, विकास श्रेष्ठ, एन्जिला सिंह श्रेष्ठ र मचा राजा महर्जनको गायन प्रस्तुती रहनेछ । कार्यक्रममा झटारो हान्न रवि डंगोल बेइमान र पुर्ण थापाको व्यङ्गय प्रस्तुति रहनेछ भने सुरेन्द्र महर्जन, आराध्य लक्ष्मी खड्गी, सरिता शाही र नैना खड्गीको नृत्य प्रस्तुति रहनेछ ।
विनायक मल्टी भेन्यु, खुसिबुँ लिंक रोडमा हुने कार्यक्रमलाई सुष्मा महर्जनले उद्घोषण गर्नेछिन ।
नयाँ कलाकारलाई प्रोत्साहन दिनको लागि साथै नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न लागेको कार्यक्रमका संयोजकद्वय भिम तुलाधर र मनोज रत्न शाहीले जानकारी दिएका छन ।