Top Headlines:

सेल्फी लिँदा एक किशोर कर्णालीमा वेपत्ता

चैत्र २४, २०७३- जिल्लाको राजापुर सत्तीघाटस्थित कर्णाली नदीमा पौडी खेल्दै गरेका एक किशोर बेपत्ता भएकाछन् । पौडी खेल्दा सेल्फी लिने क्रममा कर्णालीमा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार राजापुर-४ का १६ वर्षीय रुपेश श्रेष्ठ कर्णाली नदीमा वेपत्ता भएका हुन् । उनको खोजी भए पनि हालसम्म फेला परेको छैन । उक्त घटना राजापुरस्थित सत्तीघाट पुलमुनि भएको हो ।
 
यसैबीच, उपचारका लागि अटोरिक्सामा राजापुर आइकी ३२ वर्षीया शान्ति दाहालको दुपट्टा पांग्राले बेरिएर मृत्यु भएको छ । प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले कैलाली टिकापुर-७ घर भएकी दाहाल पाठेघरको उपचारका लागि फत्तेपुरस्थित मेडिकल हलमा उपचारका लागि आउने क्रममा दुपट्टा घाटीमा बेरिएर मृत्यु भएको हो ।