Top Headlines:

श्रमसम्बन्धी विधेयक सच्चाउन निजामती कर्मचारी संगठनको माग

काठमाडौ, चैत २२– नेपाल निजामती कर्मचारी संगठनले व्यवस्थापीका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम ऐन अनुसार ट्रेड युनियन अधिकार प्रयोग गर्न नपाउने गरी श्रमसम्बन्धी विधेयक पारित गरेकोमा आपत्ति जनाएको छ । संगठनले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा ट्रेड युनियन अधिकारको अभ्यासलाई संकुचन गर्ने मनसायका साथ श्रम ऐन संशोधन अघि बढाएकोले तत्काल सच्चाउन माग गरेको छ । संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेडयुनियनको मुल्य र मान्यतामा असरगर्नेगरी हुने निर्णयका विरुद्ध आन्दोलन गर्न बाध्य नबनाउन आग्रह गर्दै निर्णय नसच्चाए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।