Top Headlines:

सिरियामा ‘रसायनिक आक्रमणबाट कम्तीमा ३५ को मृत्यु

सिरियामा मंगलबार भएको रसायनिक आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। विद्रोही नियन्त्रित उत्तरपश्चिमी राज्य इडलिबको खान सेख्वाउनमा सिरिया सरकार र रुसी सेनाले रसायनिक आक्रमण गरेको त्यहाँस्थित मानव अधिकारवादी संस्थाहरुले दाबी गरेका छन्। आक्रमणमा दर्जनौं मानिस घाइते भएका छन्। तीमध्ये कैयौं बेहोस भएका छन् भने केहीको मुखबाट फिज निस्केको समाचार पत्र ‘गार्जियन’ले जनाएको छ।

सिरिया सरकारले रसायनिक आक्रमण भए/नभएको बारे प्रतिक्रिया दिएको छैन। राष्ट्रपति बसर अल असदको सरकारले रासायनिक हतियार प्रयोग गरेको कुरालाई अस्वीकार गर्दै आएको छ। संयुक्त राष्ट्र संघको एक अध्ययनले सिरियामा सन् २०१४ देखि २०१५ सम्म कम्तिमा तीन पटक रासायनिक आक्रमण भएको देखाएको थियो। - See more at: