Top Headlines:

आज चैते दशैं

आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैँ शक्तिस्वरुपा दुर्गा भवानीको पुजाआजा गरी मनाईदैँ छ । आज चैते दशैँका हनुमानढोका दरबारस्थित मूलचोकमा यसै रात ५४ राँगा र ५४ बोकाको बलि दिने चलन छ ।
चैते दशैँमा घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । दानवी शक्तिमाथी दैवी शक्तिको विजयका रुपमा शक्तिस्वरुपा दुर्गा भवानीको पुजा गरी मनाइन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।
असोजमा मनाइने बडादशैँ भन्दा कम महत्वको मानिएपनि चतै दशैँको दिन पनि देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । दरबार हेरचाह अड्डाका पर्वपूजामा खटनपटन गराउने कर्मचारी मिठाराम पुडासैनीका अनुसार कालरात्रिका लागि दशैँघर र मूलचोकमा लिपपोत गरिएको छ । चैते दशैँमा गुह्येश्वरी, भक्तपुर नवदुर्गा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, बगलामुखी, उग्रचण्डी, पूर्णचण्डी लगायत देशभरका दुर्गाका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।