Top Headlines:

भारतीय ट्रकसँग यात्रुबाहक बस ठोक्कीँदा ५ जनाको मृत्यु, ५ जना घाईते

नवलपरासीमा भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् । मध्यविन्दु ७ स्थित ४० किलो जंगलमा गएराति साढे २ बजे पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख ४९९५ नम्बरको बस र सोही दिशाबाट छुटेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठोक्कीदा ५ जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाईते भएका छन । बसमा रहेका ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने भारतीय ट्रकका चालकको उद्धार गर्नेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ। मृत्यु हुनेमा दाङ जिल्लाका १६ वर्षीय बलीराम चौधरी, १७ बर्षीय विरवल चौधरी, सुर्खेत जिल्लाका ४० बर्षीय हरिराम जालीमगर रहेको प्रहरीले जनाएको छ । एक जनाको नाम ठेगाना खुल्न सकेको छैन । यस्तै भारतीय ट्रक चालक विहारको बर्गदवा बस्ने २५ वर्षको रियाज खान रहेका छन्। घाईते ५ जनाको अहिले कावासोती १६ को डण्डामा रहेको मध्यवित्न्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।