Top Headlines:

प्रधानमन्त्री दाहाल र भारतिय राजदूत सिंहबीच भेटवाता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय राजदूत मन्जिव शिंह पुरीबीच आज भेटवार्ता भएको छ ।
बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिनुभयो ।
प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गर्नु भयो ।
राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताउनु भयो ।