Top Headlines:

एसीसी इमर्जिङ

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगलादेशको कक्स बजारस्थित शेखकमल स्टेडियममा नेपाली समयअनुसार बिहान ९ बजेपछि सुरु हुनेछ । इमर्जिङ कप क्रिकेटको समूह बीमा रहेका नेपाल र हङकङ लगातार दुई खेलमा पराजित भएसँगै समूहचरणबाटै बाहिरिसकेका छन् । त्यसैले पनि नेपाल र हङकङबीचको आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ  ।  नेपाल र हङकङ आफ्ना दुवै खेलमा टेष्ट मान्यता राष्ट्र बंगलादेश र पाकिस्तानको २३ वर्ष मुनिको टोलीसँग पराजित भएका थिए ।