Top Headlines:

अन्तर्राष्ट्रिय पुष्प मेला

काठमाडौँको भृकुटीमण्डपमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुदैँछ ।

शान्ति समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ भन्ने मूलनाराका साथ सुरु हुन लागेको मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा २० गतेसम्म चल्ने मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता हुने आयोजकले जनाएको छ ।

मेलामा अन्तर्राष्ट्रिय क्षेत्रबाट २८ र नेपालबाट ७१ गरी कुल ९९ वटा कक्ष समावेश गरिने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले जानकारी दिनुभयो ।

मेलामा ४५० मौसमी पूmल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, पूmलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ ।