Top Headlines:

कलाकार सत्याल अब यो संसारमा रहेनन्

चैत्र १६, २०७३- लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय राधेश्याम सत्यालको सोमबार राति निधन भएको छ । सन्तोष पन्तको चर्चित हास्यव्यंग्य सिरियल ‘हिजो आजका कुरा’ मा विभिन्न भूमिकामा देखा परेका सत्यालको ७१ वर्षको उमेरमा निधन भएको हो ।

उपचार क्रममा राजधानीको ओम अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।
विद्यार्थीकालदेखि नै रंगमञ्च क्षेत्रमा सक्रिय सत्यालले पछिल्लो समय विभिन्न टीभी सिरियलमा अभिनय गर्दै आएका थिए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रस्तुत विभिन्न नाटकमा खेलेका थिए । उनका दुई छोराछोरी र पत्नी छन् ।

सत्यालको बुधबार आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।