Top Headlines:

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घण्टा बन्द

नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दैनिक ६ घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु भएको छ । यसअघि दैनिक ४ घण्टा सवारी रोकेर काम गरिँदै आएको भए पनि स्तरोन्नतिको काम चाँडो सक्न भन्दै आजदेखि ६ घण्टा सवारी रोकेर काम गर्न थालिएको हो ।

यसरी दैनिक ६ घण्टा यातायात रोकेर काम गर्न थालेपछि दैनिक ४ घण्टा काम हुने छ । स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षात् अगाडि नै सडकको भित्ता काट्ने लगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न आवागमन समय थप रोकेर काम गर्न थालिएको आयोजनाले जनाएको छ ।