Top Headlines:

एसिया कप फुटबलको छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै

एसियन कप छनोट फुटबलअन्तर्गत तेस्रो चरणको पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

यसअघि विश्वकपको समेत छनोट मानिएको खेलमा भारतसँग पराजित हुँदै नेपाल एसिया कप फुटबलको समेत पहिलो चरणबाटै बाहिरिएको थियो । एएफसीले सोलिडारिटी कपको फाइनलिस्टको हैसियतमा नेपाल र मकाउलाई यस पटक अबसर दिएको हो । तेस्रो चरणको छनोटमा नेपालले समुहमा फिलिपिन्ससँगै ताजकिस्तान र यमनसँग खेल्नेछ ।

प्रत्येक टोलीले होम एण्ड अवेका आधारमा एक अर्कासँग दुईरदुई खेल खेल्नेछन् । समुहबाट छानिएका टोलीले सन् २०१९ मा संयुक्त अरब ईमाईरेट्स युएईमा हुने एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । एशियन कपका लागि हालसम्म १२ टोली छनोट भईसकेकका छन् भने बाँकी १२ टोलीका लागि २४ टोलीले छनोट खेलीरहेका छन् ।