Top Headlines:

उपत्यकामा घोडेजात्रा मनाइँदै

आज काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाइँदैछ । चैत्र कृष्ण चतुर्दशीका दिन काठमाडौंमा विशेष महत्वकासाथ घोडेजात्रा मनाउँने चलन रहेको छ ।
टुण्डी नामका राक्षसले सहरका बालबालिकालाई दुःख दिन थालेपछि घोडाको टापले राक्षसलाई दबाएर राखिएको किंवदन्तीअनुरूप काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गरेर यो जात्रा मनाईन्छ । ललितपुरको बालकुमारीमा पनि एउटा आँखा नदेख्ने कानो एकल घोडालाई दौडाएर जात्रा मनाउने प्रचलन छ ।
यसैदिन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले घोडासहित त्रिशुलीमा हाम फालेको, फ्रान्समा नेपोलियन बोनापार्ट समक्ष प्रस्तुत भएको घोडादौडमा प्रथम भएको घटनाको स्मृति गराउने जङ्गको टुँडिखेलमा रहेको शालिक अवलोकन गर्ने प्रचलन पनि छ ।
उपत्यकामा तलेजुका बाहनका रूपमा रहेका घोडालाई भने जात्रा उत्सवमा समावेश गर्ने गरिन्न ।
नेपाली सेनाको क्याभलरी युनिटबाट रिसल्लासहित आएको सैन्यले नयाँ सडक जुद्ध शालिक सामुन्ने रहेको रेवन्त पीठमा आजको दिन बिहानै बोका बली दिएपछि उपत्यकामा घोडेजात्रा सुरु हुन्छ ।