Top Headlines:

चैत १७ गतेबाट राजधानीमा पुष्प प्रदर्शनी व्यापार मेला हुँदै

 काठमाण्डौ चैत १३

पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि चैत १७ गतेबाट राजधानीमा पुष्प प्रदर्शनी व्यापार मेला हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले शान्ती, सम्बृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय भन्ने नाराका साथ मेला आयोजना गर्न लागेको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो । काठमाडौंको भृकुटी मण्डपको प्रदर्शनी हलमा हुने मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन हुने त्यस एशोसिएसनका संयोजक दिलिप बादेले बताएका छन् । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय  गरी ९९ सय वटा स्टल रहने मेलामा ४ सय ८० भन्दा बढि प्रकारका मौसमी फूल, फूलको विउ विजन, ग्रीन हाउस, कृषि उपकरण,प्याकेजिग्र सामाग्री लगागतका सामाग्रीहरु प्रदर्शनी तथा विक्रीको लागि राखिने जानकारी समेत गराए ।

चैत १७ देखि २० गते सम्म संचालन हुने उक्त मेलामा ६५ हजारले अवलोकन कर्ताले अवलोकन गर्ने र करिव ७५ लाख वरावरको पुष्प कारोवार हुने आयोजकले जनाएको छ ।

बजारमा पुष्पको माग बढेको छ तर आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन । हाल नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग दिनप्रतिदिन बढेको भए पनि नेपालबाट निर्यात हुन सकेको छैन । युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिने सम्भावना रहेको बताइन्छ ।