Top Headlines:

आन्दोलनरत आदिवासी जनजातीहरुद्धारा काठमाण्डौमा मानव साङ्लो सहित प्रदर्शन !

चैत्र १३, काठमाण्डौ
नेपाल अदिवासी जनजाती महासंघले मानव साङ्लो सहित प्रदर्शन गरेको छ । सनिबार काठमाण्डौ स्थित माइतीघर मण्डलामा मानब साङ्लो सहित करिब ३ घण्टा प्रदर्शन गरेको हो । आदिवासी जनजातीहरको एक मात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रि प्रतिष्ठान खारेज नगर्न दाबाव दिन तथा आदिवासीहरुको पहिचान र अधिकार सुनिस्चितताको लागी आन्दोलनरत आदिवासीहरुले मानव साङ्लो पस्चात कोण सभा समेत गरिएको छन्  ।

 कोण सभालाई नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बराम, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, जनजाती महिला महासंघकी कार्यबाहक अध्यक्ष छिरिङ चिप्पा ल्होमी, अधिबक्ता किबाङहाङ राई र सिन्धुपाल्चोक जिल्ला समन्वय समिती अध्यक्ष नर्वु शेर्पाले सम्बोधन गर्नुभएको थियो । कोणसभा सन्चालन महासङ्घको महासचिव नित्यनन्द ताजपुरियाले गर्नु भएको थियो ।