Top Headlines:

स्वस्थ मन्त्रि गगन थापाको नया राणनीति

स्वास्थ्यमन्त्री गगन थापाले सरकारले देशका हरेक गाउँ र सहरमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । रत्नश्री महिला समूहले आज आयोजना गरेको ‘महिला सशक्तीकरण’ सम्बन्धीे प्रशिक्षण कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले देशभर स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउन वर्तमान सरकार क्रियाशील रहेको बताउनु भयो ।

स्वास्थ्यमन्त्री थापाले पाठेघरको मुखको क्यान्सरको परीक्षण ७५ वटै जिल्लामा निःशुल्क गर्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार लागिपरेको उल्लेख गर्दै काठमाडौँ उपत्यकाका १३ स्थानमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना भइरहेको जानकारी दिनुभयो । मन्त्री थापाले एउटा कार्यक्रमबाट मात्र महिला सशक्तीकरण नहुने बताउँदै यसका लागि महिला स्वयम् जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।