Top Headlines:

चर्चित तथा बरिष्ठ गायिका कविता आलेको एकल सांगीतिक साँझ चैत्र १४ गते सोमबार हुदै |

नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समिती र सांस्कृतिक संस्थान नाचघरको संयुक्त आयोजनामा नेपाली लोक गीत संगीतकी बरिष्ठ एंव चर्चित लोक गायिका तथा अभिनेत्री कविता आले मगरको यही चैत्र १४ गते एकल सांगीतिक साँझ हुने भएको छ । घोडे जात्राको दिन नेपाल राष्ट्रिय नाँचघर जमल काठमाण्डौमा १२ बजेबाट कार्यक्रम शुरु हुनेछ । कुनैबेला लोकपारखीहरुको लोकप्रिय बन्न सफल गीतहरु उठी खर काटौं बसी खर काटौँ, झ्याम्मै चौतारी, माथिमा माथी त्यो काली बोलका चर्चित गीतहरुकी गायिका कविता आलेको एकल सांगीतिक साँझ गर्न लागिएको हो ।

बरिष्ठ गायिका कविता आले अहिले पनि संगीतलाई निरन्तरता दिँदै आउनु भएको छ । बहुप्रतिभासाली व्यक्ति आलेले रेडियो नेपालमा मगर भाषाको पहिलो समाचार बाचिकाको रुपमा समेत काम गर्नुको साथै विभिन्न मगर चलचित्र लगाएत साना ठुला पर्दामा पनि काम गर्नुभयो । उँहा विरेन्द्र एश्वर्य सेवा पदक, भुपाल मानसिंह युवा पुरस्कार , माष्टर मित्रसेन एशोसियसन हङकङ लगाएत पुरस्कारहरुले सम्मानित हुनुहुन्छ ।

गायिका तथा अभिनेत्री आलेले लोक संगीतको क्षेत्रमा प¥याएको योगदानप्रती सम्मान र प्रतिभाशाली कलाकार लाई आफ्ना शुभेच्छुक, श्रोता र दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत गरी आत्मियता कायम गराउने उद्देश्यका साथ एकल साँझको आयोजना गर्न लागिएको नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कविराज मगरले जानकारी दिनुभयो ।

यस्ता कार्यक्रमले नँया पुराना श्रष्टाहरुमा काम र आफ्नो पेसा प्रती प्रेरणा प्रदान गर्ने आश्थाको साथ कार्यक्रमको मुल नारा नै पुरानोलाई सम्मान र नँयालाई प्रेरणा भन्ने राखिएको छ । मगर कलाकारहरुको पेशागत हकहित र नेपाली मौलिक लोक गीत संगीतको संरक्षण र पबद्र्धनमा महत्वपुर्ण भुमिका खेल्दै आएको आयोजक नेपाल मगर साँस्कृतिक संघले कविता आलेको गीतहरुलाइृ संकलन गर्ने तथा पुन उत्पादन गरी जगेर्ना गर्ने जनाएको छ ।