Top Headlines:

ओप्पोद्वारा डुअल सेल्फी क्यामेरासहित नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक

काठमाडौं, चैत १२– छोटो समयमै चर्चित ब्राण्ड बन्न सफल ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै गु्रप सेल्फी ट्रेण्डको शुरुवात गरेको छ ।
सार्वजनिक गरिएको एफथ्री प्लसमा ब्राण्डको पहिलो डुअल सेल्फी क्यामेरा समाहित गरिएको छ । कम्पनीले यसमा १ सय २० डिग्री वाइड एङ्कल सहितको गु्रप सेल्फी क्यामेरा उपलब्ध गराएको हो ।

पहिलो चरणमा कम्पनीले भारत लगायत ईन्डोनेशिया, फिलिपिन्स, भियतनाम र म्यानमारमा नयाँ फोन सार्वजनिक गरेको हो ।

फोन सार्वजनिकका लागि आयोजित कार्यक्रममा ओप्पोका लागि नयाँ ब्राण्ड एम्बेसेडर यूथ आइकन तथा बलिउड स्टार दिपिका पादुकोण र फोटोग्राफर डब्बु रत्नानीले आफ्नो सेल्फी अनुभवपनि साटेका थिए ।

फोनको विक्रिका लागि कम्पनीले नेपाली बजारमा शुक्रबारदेखि प्रि–बुकिङ शुरु गरेको जनाएको छ ।

ओप्पो एफथ्री प्लसले क्रान्तिकारी डुअल सेल्फी फ्रण्ट क्यामेरा मार्फत उत्कृष्ट गुणस्तरिय सेल्फी लिन सघाउने कम्पनीको दावी छ । कम्पनीले नयाँ फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेल क्षमता सहितको क्यामेराका साथै गु्रप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल लेन्स उपलब्ध गराएको छ ।